सधैंभरि आफू मात्र पदमा बस्न खोज्नु लोकतान्त्रिक चरित्र होइन, सर्वोच्चको फैसला सबैले सम्मान गर्नुपर्छः भट्टराई

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सर्वोच्च अदालतले संविधानका अष्पष्ट धाराको व्याख्या सर्वोच्चले गरेको भन्दै यसको सबैले सम्मान गर्नुपर्ने बताएका छन् । विधि र विधानअनुसार नै फैसला आएको उनले बताए ।

नेता भट्टराईले एक वक्तव्य जारी गर्दै विधिको शासनमा न्यायालयको फैसलाको सबैले सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

एमालेका नेता महेश बस्नेतले फैसला नमान्ने भन्दै विरोधमा उत्रन युवा संघलाई निर्देशन दिएको प्रसंगमा उनले विगतमा विश्वनाथ प्रसाद उपाध्यायको फैसलाको पनि विरोध गरिएको तर्क गर्दै लोकतन्त्रमा संविधान, विधि र पद्धति मिचेर सधैंभरि आफ्नै निरन्तरता सोच्नु भनेको लोकतान्त्रिक चरित्र नभएको बताए ।


केन्द्रीय सदस्य गोविन्द भट्टराईले फैसला मान्दिन भन्नु परम्परावादी एकदलीय कम्युनिष्ट सोच भएको बताए । उनले फैसलाको स्वागत गर्दै प्रस्तावित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी