धारा ७६(५) अनुसार सरकार गठन गर्दा ह्विप लाग्दैनः सर्वोच्च

  • ख-
  • ख+

काठमाडौंः संसद पुनस्र्थापनासम्बन्धी मुद्दाको फैसलामा सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने फैसला गरेको छ ।

प्रतिनिधिसभा विघटनको मुध्दामा आज फैसला सुनाउँदै संवैधानिक इजलासले धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहरसमेत गरेको छ ।

सर्वोच्चको यो आदेशअनुसार एमालेलाई शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका माधव नेपाल समूहका २३ सांसदमाथि कारवाही गर्न नमिल्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी