सर्वोच्चको परमादेशः प्रतिनिधि सभा पुनस्र्थापना, शेरबहादुर देउवा प्रधानमन्त्री

  • ख-
  • ख+

काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको छ । त्यससँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना माग गर्दै कांग्रेस सभापति देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

परमादेशमा दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन तथा सात दिनभित्र प्रतिनिधि सभा बैठक डाक्न भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी