ईनरह्विल क्लबकाे अध्यक्षमा मञ्जु थापा

  • ख-
  • ख+

साे अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सरिता गुरूङले क्लबले सामाजिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे खुलेर प्रशंसा गरिन् । विगतमा क्लबले जुन किसिमबाट सामाजिक उत्तरदायित्वकाे भावनाले काम गर्दै अाएकाे छ , भविस्यमा पनि अझै ससक्त र एकजुट भएर गर्न उनलेे अाग्रह गरिन् ।

दमाैली : ईनरह्विल क्लब अफ दमाैलीकाे अध्यक्षमा मञ्जु थापा चयन भएकि छन् । सनिवार सम्पन्न कार्यक्रम बाट वर्ष ०२१ / ०२२ का लागि थापा सर्वसम्मत अध्यक्ष चयन भएको निवर्तमान अध्यक्ष अाशा वानियाले बताइन् ।


कार्यक्रममा देवकुमार श्रेष्ठ , शुरेस थापा , दिनेश कुमार श्रेष्ठ , सुसान्त अधिकारि , ईमकुमार मल्ल , सञ्जु घले , विना कैनि लगायतले शुभकामना मन्तब्य राखेको निवर्तमान अध्यक्ष अाशा बानियाले बताइन् । मानविय तथा सामाजिक सेवाको भावनाले सबै काे साथ र सहयोगमा क्लबले काम गर्ने नवनिर्वाचित अध्यक्ष मञ्जु थापाले बताइन् ।


क्षेत्री समाज नेपाल तनहुँकाे महिला अध्यक्ष समेत रहेकि थापा ईनरह्विल क्लबकाे अध्यक्ष भए पछि क्लवले एक ससक्त र भरपर्दो नेतृत्व पाएकाे बताइएको छ । ईनरह्विल क्लबले विगतमा पनि गरिब विद्यार्थीहरू लाई न्यानाे कपडा बितरण लगायत अन्य सामाजिक रचनात्मक कामहरू गर्दै अाएकाे बानियाले बताएकी छन् ।
कार्यक्रममा काेशाध्यक्ष प्रमिला श्रेष्ठले अार्थिक प्रतिवेदन पेश गरेकि थिइन भने नारायणी अधिकारीले धन्यवाद ज्ञापन गरेकि थिइन् ।

अाशा बानियाकाे अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष निर्मला मल्लले स्वागत र सर्मिला श्रेष्ठले सञ्चालन गरेकि थिइन् । क्लबकाे यश अघि अरूणा श्रेष्ठ , सरू श्रेष्ठ , निर्मला मल्ल नारायणी अधिकारीले सफल नेतृत्व गरिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी