छाब्दी पुल: डाईभरसनबाट यातायात सञ्चालनमा

  • ख-
  • ख+

दमौली: छाब्दी खोला पुल बाढीले बगाए पछि अवरुद्ध व्यास १ र १३ जोड्ने छाब्दी खोलाबाट यातायात सञ्चालन भएको छ ।


व्यास नगरपालिकाको सक्रियतामा डाईभर्सन निर्माण सकिए पछि यातायातका साधन सञ्चालनमा आएको पुल अनुगमन समितिका संयोजक यामबहादुर आलेले ट्याक्टर लगायतका साधन सञ्चालनमा आएको जानकारी दिए ।


पुल भएकोमा डाईभर्सन निर्माण तयारी भइरहेको छ ।
त्यस क्षेत्रको निवर्तमान सांसद किसान श्रेष्ठ र व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले निरीक्षण पनि गरेका थिए ।


श्रेष्ठले संघ सरकारले बेलिब्रिज स्थापनामा सघाएको भन्दै काम सम्पन्न गरेर जाने बताए । व्यास नगर प्रमुख न्यौपानेले नगरपालिकाले तत्काल आवतजावत खुलाउन डाईभर्सन निर्माण मा बजेट विनियोजन गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी