राष्ट्रिय वाणिज्य बैंकद्वारा कृषिमा सहुलियत कर्जा धमाधम लगानी

  • ख-
  • ख+

७ प्रतिशतको एक तिहाई मात्र किसानले ब्याज तिर्नुपर्ने
संजय श्रेष्ठ
दमौलीः
कोभिडको महामारीका बावजुद राष्ट्रिय वाणिज्य बैंक दमौली शाखाले तनहुँका विभिन्न कृषि फर्महरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरिरहेको जनाएको छ । बैंकले चालु आर्थिक वर्षमा १५ भन्दा धेरै व्यवसायिक फर्महरुलाई कर्जा प्रवाह गरि सकेको शाखाकी प्रवन्धक कमला कार्कीले जानकारी दिईन् । ‘युवाहरुलाई कृषि तथा पशुपालनका लागि सहज रुपमा कर्जा प्रवाह गरिएको छ,’ उनले भनिन् ।

अन्य जिल्लाका तुलनामा तनहुँमा कृषि क्षेत्रमा युवाहरुको आकर्षक बढिरहेको र व्यवसायिक किसानहरुको उल्लेख्य संख्या रहेकाले थुप्रै निवेदन पर्ने गरेको उनले बताइन् । भौतिक संरचना निमार्ण तथा व्यवस्थापनका लागि किसानलाई चरणवद्ध रूपमा सहुलियत कर्जा प्रवाह गरिएको कार्कीले बताइन् । ‘लगेको कर्जाको सदुपयोग र कार्य प्रगतिका आधारमा बाँकी कर्जा रकम दिइरहेका छौं,’ उनले भनिन् ।


बैंकले धितो अनुसार प्रति व्यक्ति अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दै आएको छ । सात प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिएको उनले बताईन् ।
यस्तो सहुलियत कर्जाअन्र्तगत व्यवसायीले तिर्ने कुल सात प्रतिशत मध्ये नेपाल सरकारले पाँच प्रतिशत तिरिदिने भएकाले किसानबाट कुल ब्याजदरको २.०५ प्रतिशत मात्र असुली गरिने भएकाले किसानलाई व्याजको भार कम पर्ने गर्दछ ।

तनहुँमा विशेषगरी गाई र भैंसी पालन शीर्षकमा सबै भन्दा धेरै कर्जा प्रवाह गरिएको कार्कीले जानकारी दिईन् । दुग्धजन्य पदार्थका लागि आत्मनिर्भर बन्दै गरेको तनहुँमा व्यवसायिक गाईभैंसीपालक किसानको संख्या उल्लेख छन् ।

यसले गर्दा पनि कर्जाका लागि आवेदन समेत धेरै पर्ने गरेकोले उत्कृष्ट फर्म संचालक छ्नोटमा समेत सकस हुने गरेको बैंकका अधिकारी बताउँछन् । बैंकले कृषि अन्तर्गत तरकारी, फलफूल खेती मौरीपालन, माछापालन,पशुपालनका विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी