तनहुँ कालिका पार्कमा लियोको डस्टबिन

  • ख-
  • ख+

दमौलीः लियो क्लब अफ तनहुँले तनहुँ कालिका पार्कमा डस्टबिन राखेको छ । चर्चित पर्यटकीय तथा धार्मिक स्थल तनहुँ कालिका मन्दिर जाने बाटोमा जथाभावी फोहोर फाल्ने डस्टबिन राखेको हो ।


क्लबले व्यास नगरपालिकाको सहयोगमा 10 वटा यस्ता डस्टबिन राखेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले क्लबका अध्यक्ष सुनिल मिश्रलाई ती डस्टबिन हस्तान्तरण गरेका थिए । उनले अब मन्दिर तथा आसपासको क्षेत्र सफा हुने विश्वास व्यक्त गरे ।


यस अघि फोहोर देखिएको मन्दिर क्षेत्र अब डस्टबिन राखिए पछि सफा र व्यवस्थित हुने अपेक्षा गरिएको अध्यक्ष मिश्रले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी