साँच्चिकै क्रियाशिलले पाउनुपर्छ, चुनाव प्रभावित पार्न थपिएको मान्य हुन्नः पौडेल

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वास्तविक क्रियाशिलले मात्र क्रियाशिल सदस्यता पाउनुपर्ने भन्दै पक्ष नलिएर सदस्यता छानविन टुंग्याउन छानविन समितिलाई आग्रह गरेका छन् ।


क्रियाशिल सदस्यता छानविन समितिको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला कार्यालय पुगेर पौडेलले समितिको कामबारे चासो लिंदै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
समितिका प्रवक्ता एवं पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अहिले विवाद परेका सदस्यताका बारेमा छानविन भैरहेको छ ।


वरिष्ठ नेताले समितिकै काँधमा समयमा महाधिवेशन सम्पन्न गराउन समेत भूमिका रहेको भन्दै समयमै विवाद टुंग्याउन आग्रह गरेका थिए । स्वकिय सचिव चिरञ्जिवी अधिकारीका अनुसार यसका लागि पौडेलले ‘निष्पक्ष भएर छानबिन गर्न’ आग्रह गरेका थिए ।


उनले चुनाव प्रभावित पार्ने सदस्यता थपिएको भए त्यसलाई रोकेर विधि र प्रक्रिया अनुशरण गर्न आग्रह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी