दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा मोहन गिरीले उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य तथा दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसका पूर्वस्ववियु सभापति गिरीले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।
ऋषिङका युवा नेता गिरी लामो समयदेखि पार्टी संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले पार्टी संगठनलाई थप सुदृढ बनाउने, युवा नेतृत्व विकासमा जोड दिने र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता सहित उम्मेदवारी दिएको बताएका छन्।





