दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–४, ठूलोढुङ्गामा पहिरो जाँदा एक दुईतले पक्की घर जोखिममा परेको छ। सोमबार साँझ करिब ५ बजे स्थानीय भोजराज थापाको घरपछाडि पहिरो खसेपछि घर जोखिममा परेको हो।
पहिरोका कारण घर जोखिममा परेपछि थापाको चार जनाको परिवार बन्दीपुर–४, धाब्रेस्थित आफ्नै पुरानो घरमा गएर बसेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति भएको छैन।
पहिरो गएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी डुम्रे, तनहुँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।





