भिमाद सेर्कामा ट्याक्टर पल्टँदा एकको मृत्यु, चालक गम्भीर

  • ख-
  • ख+

भिमाद: भिमाद सेर्कामा ट्याक्टर पल्टँदा एक यात्रुको ज्यान गएको छ । घटनामा परी चालक गम्भीर घाइते भएका छन् ।


भिमादबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार तर्फ जादै गरेको लु १ त ७२०७ नम्वरको ट्याक्टर भिमाद नगरपालिका ३ सेर्कामा दुर्घटना हुँदा पुट्टारका ५३ वर्षका यदुराज घिमिरेको मृत्यु भएको हो ।


सडकबाट तल बारीमा खसेर दुर्घटना भएको घटनामा परी ट्याक्टर चालक ३० वर्षका ऋषि अधिकारी समेत गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।


ट्याक्टरका मालिका समेत रहेको अधिकारीलाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको खड्काले बताए ।सात जना सवार ट्याक्टर दुर्घटना हुँदा घाइते २० बर्षीय यामबहादुर दरै लगायतको भिमाद स्वास्थ केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तस्बिर: अनजान परियार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी