
दमौली: आदिवासी जनजाति अभिन्ताहरुका लागि ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ तनहुँ काे अायाेजनामा व्यास नगरपालिका दमाैली स्थित जनजाति महासंघको भवनमा सुक्रवार बाट प्रशिक्षण कार्यक्रम सुरु भएको हाे ।
प्रशिक्षण कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि न्याैपानेले तालिम उपयोगी र प्रभावकारी हुने बताए । अादिवासि जनजातिको हरेक सकारात्मक काममा अाँफु हातेमालो गर्न तयार रहेको न्याैपानेले बताए ।
कार्यक्रममा बिशिस्ट अतिथि संबिधान सभा सभासद तथा जनजाति महासंघको पुर्व महासचिव पेम्बा भाेटेले जनजाति हरू ले अाफ्नाे अधिकारकाे बारेमा सचेत बन्नुपर्ने बताए । कार्यक्रममा अर्का बिशिस्ट अतिथि नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगर यमबहादुर अाले , पेम्बा भाेटेले प्रशिक्षण दिएको नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष सिद्धान्त थापा मगरले बताए ।
कार्यक्रममा जनजाति महासंघका सल्लाहकार तारा प्रसाद श्रेष्ठ लगायतले कार्यक्रम सफलताको सुभकामना दिएका थिए । प्रशिक्षण कार्यक्रममा जनगणना सचेतना , अादिवासि जनजातिको अान्दाेलन , उपलब्धि र अवकाे बाटो बारे सहभागी हरू लाई प्रशिक्षण दिइएको जनजाति महासंघका अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।
संविधानमा भएका हक अधिकार , स्थानीय तहमा भएका अादिवासिकाे अधिकार , भुमिका र चुनाैतिका बारेमा समेत प्रशिक्षण दिइएको घर्तीले बताइन् । बसुन्धरा घर्तीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे जनजाति महासंघका उपाध्यक्ष सुजित हिराचनले स्वागत र सचिव नन्दु थापाले सञ्चालन गरेका थिए ।