
दमौलीः तनहुँमा कोरोना संक्रमणबाट म्याग्दे ३ निवासी ५० वर्षिया महिलाको ज्यान गएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा रहेकी ती महिलाको बिहीबार निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
६६ जाँच्दा २ मात्र संक्रमित
निर्देशनालयका अनुसार एक महिला र एक पुरुषमा मात्र पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ६६ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण भएको थियो ।