पीडितका पक्षमा मेरो कामः एसपी मैनाली

  • ख-
  • ख+

दमौलीः जिल्ला प्रहरी कार्यालय तनहुँले भर्खरै सरूवा भएर आउनुभएका प्रहरी उपरीक्षक दिनेशराज मैनाली सँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यालयले परिचयात्मक कार्यक्रम साथसाथै तत्कालीन प्राकृतिक प्रकोप बाढी, पहिरोले पुर्याएको क्षति समेत सार्वजनिक गर्दै प्रहरीको क्षेत्रमा भएका कार्यान्वयन गतिविधि प्रष्ट पारेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका नवआगन्तुक प्रहरी उपरीक्षक मैनालीलाई पत्रकारहरूले आउँदै गर्दा , तनहुँको सुरक्षा प्रमुखको हैसियतमा रहदा सुरक्षा नीति र भावि योजना सम्वन्धि जिज्ञासा राखेका थिए ।

जिज्ञासामा उपरीक्षक मैनालीले संविधान ,कानुन र सुरक्षा नीतिलाई आत्मसात गर्दै पीडितका पक्षमा खबरदारी र पीडकलाई सजाय नै मुख्य मिसन रहेको धारणा राखे।
मैनालीले सञ्चारकर्मीको हैसियतले पीडित पक्षलाई न्याय सम्पादन गर्न सम्पूर्ण पत्रकारहरूको विशेष भूमिका रहने समेत स्पष्ट पार्दै मिसनलाई सघाउन पत्रकारहरूको सार्थक साथ,समर्थन र सहकार्य सदैव अपेक्षा गरेको धारणा राखेका थिए।

सुरक्षामा क्षेत्रमा ,नेपाल प्रहरी जिम्मेवार निकाय भएकाले असुरक्षाका अनुभुतीहरू हटाउन सबै सरोकारवाला पक्षको साथ,समर्थन र सहकार्य रहेमा ,न्याय सम्पादनका लागि सबै सरोकारवाला डेक्सको सहयोग मिलेमा प्रहरी प्रशासन लगाएत सम्पूर्ण सरोकारवाला निकाय तथा जिल्ला वासी फिल्डमा उत्रिएर कार्यासम्पादन गरेमा समुदायमा सुरक्षाको आवास हुने भएकाले सम्पूर्ण सवालको जवाफ कामले नै दिने स्पष्ट पारे।

परिचयात्मक कार्यक्रममा आर्थिक वर्षको घटनाको गतिविधि तथा तत्कालीन अवस्थाका वारेमा प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले प्रष्ट पारेका थिए ।
तिमेल्सेनाले समाचारलाई छिट्टै र सरल तरिकाबाट सम्प्रेषण गर्ने प्रयास गरिरहेको अब यसलाई अझ गतिशील बनाइने जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी