व्यासको महिला नेतृत्व तालिम

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने
दमौलीः
व्यास नगरपालिका सामाजिक तथा शिक्षा शाखा अन्तरगत महिला बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा सञ्चालित महिला नेतृत्व विकास अन्तरगत ३महिने ढाका बुनाई तालिम बिहीबार सम्पन्न भएको छ । व्यास १ कराङकाठ निखिल ढाका उद्योगमा उक्त तालिम सञ्चालित थियो ।

तालिमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै तालिम समापन कार्यक्रम का प्रमुख अथिति तथा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले ढाका बुनाईको प्रभावकारिता , व्यवहारिता तथा तालिमको मर्म भनेको सिकेका सीप व्यवहारमा उतारेर सफल उद्यमी बन्नु भएकाले सबै वडाका प्रशिक्षार्थीहरूलाई भेग मिलाएर उद्योग खोलेर सीपलाई आयआर्जनमा परिवर्तन गर्न सके मात्र तालिमको प्रभावकारिता रहने धरणा राखे ।

प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्ष तथा नगरपालिकाको उपप्रमुख मिरा जोशीले नगरका सम्पूर्ण महिलाहरूलाई उद्यमी वनाउने लक्ष्य अनुरूप प्रत्येक वडाको प्रतिनिधित्व हुने गरि १४ जनालाई प्रशिक्षकको रूपमा विकास गर्न यो लामो समययको तालिम आयोजना गरिएकालले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई उद्योग स्थापना गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

तालिमको समापन कार्यक्रममा वोल्दै व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले तालिममा सिकेका सिपलाई व्यवसायमा लैजान सकिएन भने तालिमको लगानी अनुत्पादक हुने भएकाले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई उद्यमी भनेर आयआर्जन गरि स्वाभिमानी र स्वावलम्वी बन्न प्रेरित गरेका थिए ।


समापन कार्यक्रममा कार्यापालिका सदस्य चन्द्रमाया परियार,सदस्य वसुन्धरा घर्ती लगायतले महिलाहरूको नेतृत्व सीप विकासका लागि आयआर्जनपूर्ण व्यवसाय गरि उद्यमी बनेर समयको माग र निर्णायक शक्ति वढाउनुपर्ने धारणा राखेका थिए ।

व्यास नगरपालिकाका प्रत्येक वडाबाट १जना प्रशिक्षार्थीलाई तालिममा सहभागी गराईएको थियो। तालिममा सहभागी प्रशिक्षकले तालिम प्रभावकारी भएको तर महिला उद्यमी बन्न आवश्यक मेसिनरी सहयोग तथा आर्थिक सहयोगमा पनि नगरपालिकाले सहयोग गरे ढाका उद्योग खोलेर तालिमलाई उत्पादक वनाउने धारणा राखे ।

३महिने लामो तालिमको प्रशिक्षण भने निखिल ढाका उद्योगका सञ्चालक ले गरेका थिए ।
समापनमा प्रशिक्षार्थीहरूले आफुँले बुनेका ढाकाले अतिथिलाई स्वागत गरेर वुनाई सीप समेत प्रस्तुत गरेका थिए ।
३महिने लामो कार्यक्रममा साथ ,सहयोग र सहकार्य गरि तालिम सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला पक्षको हात रहेको सामाजिक तथा शिक्षा विकास प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए ।

तालिमको सम्पूर्ण संयोजक महिला,बालबालिका तथा समाजकल्याण उपशाखाले गरेको उपशाखा प्रमुख राधा आचार्यले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी