
दमौली: गत साता आएको बाढीका कारण भत्केको व्यास १ र १३ जोड्ने छाब्दी खोला पुलमा वैकल्पिक बाटो खुलाउने काम शुरू भएको छ ।
व्यास नगरपालिकाको आग्रहमा नेपाली सेना र सशस्त्र प्रहरीले अहिले खोलामा ह्युम पाइप राख्न अघि जाली बिछ्याउने काम भइरहेको छ । भोलिसम्म पाइप राखेर सवारी आगमन खुलाइने व्यास १ का वडा सदस्य चूडामणि दाहालले दमौली न्यूजलाई जानकारी दिए ।
प्रदेश सरकारले बेली ब्रिज राख्न लागे पनि कम्तीमा एक महिना लाग्ने भएकाले त्यस अघि यातायात नियमित गराउन विकल्पका रुपमा ह्युम पाइप राखिने दाहालले जानकारी दिए ।

पुल उपभोक्ता समितिले पनि बेली बृजका लागि काम अघि बढाएको अनुगमन संयोजक यमबहादुर आलेले जानकारी दिए ।
