बन्दीपुरमा अत्यधिक वर्षा, खहरेमा ६ घर बगे

  • ख-
  • ख+

बन्दीपुर: अत्यधिक वर्षा भए पछि बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेको छ ।स साना खोला र खोल्सी समेत बाढीको चपेटामा परेका छन् ।

खहरे खोलामा आएको बाढीले बन्दीपुर २ खहरेमा ६ घर बगाएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । अरु मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अत्यधिक वर्षा भइरहेकाले नागरिकलाई सचेत गराइएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी