
प्रकृति खनाल न्यौपाने
दमौली: आर्थिक वर्ष २०७८/७९ काे लागि व्यास नगरपालिकाले विनियोजन गरेकाे बजेेेट पारित भएको छ।
१अर्व,७७ कराेड,८९ लाख १२ हजारकाे बजेट ३५ आैं नगरसभा बाट पारित तथा सार्वजनिक गरेकाे हाे। नगरपालिकाले गत असार १० गतेकाे नीति तथा कार्यक्रममा रही उक्त बजेट पारित गरेकाे हाे।
विनियोजित वजेटले नगरपालिकाकाे क्षेत्रधिकारभित्रका सम्भावना र अवसरलाई छिचोल्दै अगाडि वढ्न खाेजेकाे देखिन्छ।
वजेटमा चालुतर्फ ५७.८३ र पूँजीगत तर्फ ४२.१७ प्रतिशत वजेट छुट्याइएको छ।
नगरप्रमुख वैकुण्ठ न्याैपानेले नगरसभा पछिकाे पत्रकार भेटघाट कार्यक्रममा प्राथमिकतामा रहेका विषयलाई महत्त्वपूर्ण स्थान दिई कृषि,पूर्वाधार,पर्यटन ,लक्षित कार्यक्रम लगाएतका विषयलाई विषेश जाेड दिईएकाे जानकारी दिए।नगरप्रमुख न्याैपानेले नगर अस्पताल ,समता विद्यालय,काेभिड नियन्त्रणका लागि आधुनिक प्रयाेगशाला लगाएतका विषयमा समेत वजेट विनियोजन गरिएकाे स्पष्ट पारे।
हुदै गरेका आवाधिक याेजनाहरलाई निरन्तरता दिदै लाैजाने बहुआयामिक याेजनाहरूकाे स्तरउन्नतिका लागि विशेष पहल गर्ने कुरामा वजेट केन्द्रीत भएकाे प्रमुख न्याैपानेले प्रष्ट पारे।
शिक्षातर्फ
नगरप्रमुख न्याैपानेले समता विद्यालयकाे स्थापना गरि निम्नवर्गीय तथा अनाथ बालबालिकाहरूलाई आवासीय विद्याघरकाे निर्माण गर्ने गरि व्यास ७ शेसमटारमा सम्पूर्ण तयारी गरिएकाे जानकारी दिए।
शिक्षाकाे गुणस्तर वृद्धिकाे लागि अवधि पेनसेन अवधि पुगेका शिक्षकहरूलाई केही सहुलियत थपेर विदाई गर्ने लक्ष्य साथ काम गर्नु वजेटराखिएकाे जानकारी दिए।
स्नातक गरेका वेराेजगार महिलाहरूलाई स्वराेजगार उद्यमशील ऋण सहयाेग गर्ने,वैदेशिक राेजगारवाट आएका दिदीवहीनीका लागि यही उद्यमशीलताका लागि अनुदान सहयाेग गर्ने गगाएतमा महिलामैत्री वजेट समेत विनियोजन गरिएकाे छ।
आगामी आर्थिक वर्षका लागि करकाे दायरा यथावत राखिएकाे छ।
विभिन्न ऐनहरू निर्माण गरिएकाे छ।
विनियोजन विद्येक,आर्थिक विद्येक,पूराताप्तिक सम्पदा संरक्षण विधेयक
भाषा ,साहित्य कला र साहित्य संरक्षण विद्येक,कर्मचारी सेवा ऐन व्यवस्थापन विद्येक,विपत व्यवस्थापन विद्येक,वेरूजु सम्परीक्षण विद्येक लगाएतका स्थानीय सरकारकाे आवश्यकतालाई पूर्ति हुनेगरी ऐन निर्मा गरिएकाे नगरपालिकाले जानकारी दिएकाे छ।
परम्परागत पेसा संरक्षणका लागि मिसनरी सामाग्रीका लागि अनुदान दिने,
दलित लक्षित वर्ग उन्नयन लागि १५लाख वजेट छुट्टयाएको छ।
न्यायिक समिति तर्फ अपांगता भएका सबै खाले कार्डले राहत पाउने व्यवस्था मिलाइएकाे,लक्षित वर्गका लागि वजेड विनियोजन गरिएकाे लगाएतका विषयमा न्यायिक समिति संयोजक तथा उपप्रमुख मिरा जाेशीले स्पस्ट पारिन् ।
सम्पूर्ण वजेटकाे कार्यासम्पादन , अनुगमन तथा कर्मचारी व्यवस्थापनमा सम्पूर्ण कर्मचारीहरूकाे साथ र समर्थन रहने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले स्पष्ट पारे।।