व्यास विकास पुरस्कार आचार्यलाई

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाद्वारा स्थापित ‘व्यास नगरपालिका विकास पत्रकारिता पुरस्कार २०७८’ बाट पत्रकार ओमकार आचार्य पुरस्कृत भएका छन् ।


नगरपालिकाले स्थापना गरेको पुरस्कार नगरको विकासका क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै मादीसेती प्रवाह दैनिकका सम्पादक आचार्यलाई प्रदान गरिएको हो ।

पुरस्कारको राशी नगद रु पाँच हजार रहेको छ । नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष आचार्यलाई एक कार्यक्रमका बीच नगर प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्