जेसीआई व्यास नगर लाई उत्कृष्ट पुरस्कार

  • ख-
  • ख+

दमौली: जेसीआई व्यास नगर नेपाल जेसीजको क्षेत्र खमा उत्कृष्ट भएको छ ।


क्लबका सामाजिक गतिविधि उत्कृष्ट एवम् उपलब्धिमूलक बनाएको भन्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुनेश्वर खनालले जेसीआई व्यास नगरलाई दोश्रो त्रैमासिकको उत्कृष्ट पुरस्कार प्रदान गरिएको घोषणा गरेको राष्ट्रिय कोषाध्यक्ष पविन्द्र भट्टराईले जानकारी दिए ।


क्लबले कोभिड संक्रमणका समयमा बिरामीलाई निःशुल्क अस्पताल पुर्याउने, राहत वितरण तथा जेसिज धारा निर्माण लगायतका सामाजिक क्रियाकलाप गर्दै आइरहेको भन्दै पुरस्कारले थप हौसला मिलेको अध्यक्ष लक्ष्मीभक्त खनालले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी