
दमौली: अब तनहुँमा असार २५ बाट सार्वजनिक यातायात खुल्ने भएको छ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले शुक्रबारबाट जोर बिजोर प्रणालीमा राजमार्गमा सार्वजनिक यातायात सञ्चालन सिफारिस गर्ने निर्णय गरेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले दमौली न्यूजलाई जानकारी दिए ।
बैठकले अत्यावश्यक सेवा विहान ५ देखि ११ र अन्य पसल विहान ९ देखि दिउँसो तीन बजेसम्म खुला राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।
यस रूपको निषेधाज्ञा अब असार मसान्तसम्म लागू लागू गरिएको छ ।