मादी किनारमा लत्रिएको तार, करेन्ट लागेर किशोर घाइते

  • ख-
  • ख+

दमौलीः मादी किनारमा लत्रिएको विद्युतको तारमा करेन्ट लागेर व्यास नगरपालिका–१० कुमालटारीका एक किशोर घाइते भएका छन् ।

स्थानीय १२ वर्षका सन्जिव दरै मादी खोलाको किनारमा पौडी खेल्ने क्रममा बिजुलीको पोल ढली करेन्ट लागेर घाइते भएका छन् ।

उपचारको लागि रत्नहरि अस्पतालमा लगिएको छ । बोटेगाउँस्थित मादी किनारमा रहेको हाईटेन्सनको पोलबाट तार लत्रिएको बारेमा पटक पटक ध्यानाकर्षण गराए पनि नेपाल प्राधिकरणको चरम लापरबाहीका कारण पोल ढलेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी