
दमौली: मुटुको उपचारका लागि मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र काठमाडौ गएकी तनहुँ आँबुखैरेनी गाउँ पालिका-४ निवासी वृद्धाको गत भाद्र २४ गते कोरोना संक्रमणबाट ज्यान गएको खुलेको छ । ७६ वर्षीया उनी भाद्र २० गते उपचारका लागि गएकी थिइन् ।
योसँगै थप तीन जनाको संक्रमणबाट ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।यसैगरी, गोरखा जिल्ला, भीमसेनथापा -३ स्थायी बसोबास गर्ने ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, काठमाडौँमा शनिबार निधन भएको थियो। उनमा मृगौलाको समस्या रहेको बताइन्छ ।
यसैगरी, कास्की जिल्ला, मादि-४ स्थायी घर भई हाल काठमाण्डौ नयांबजार वस्ने ५१ वर्षिय पुरुषको गत शुक्रबार शसस्त्र प्रहरी वल अस्पताल, बलम्बुमा निधन भएको निर्देशनालयले जनाएको छ । उनमा ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या थियो । भई भाद्र २४ गते अस्पताल भर्ना भएका उनमा क्यान्सरको पनि समस्या रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँबाट आइतबार मात्र यी विवरण प्राप्त भएको निर्देशनालयले जनाएको छ ।योसँगै कोरोनासंक्रमणबाट प्रदेशमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।