व्यासले बाढी पहिरो पीडितलाई तत्काल राहत दिने, अवरुद्ध बाटो खुलाउने

  • ख-
  • ख+

दमौलीः अविरल वर्षा र त्यसपछिको बाढी पहिरोका कारण व्यास नगरपालिकाका ५५ घरधुरीमा क्षति पुगेको व्यास नगरपालिकाले जनाएको छ ।

यसैगरी बाढी पहिरोका कारण कैंयौ वस्तुभाउ, कुला बाटाहरु क्षतिग्रस्त भएको भन्दै नगर कार्यपालिका बैठकले तत्काल पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको अवरुद्ध बाटाहरु खुलाउने तथा तत्काल मर्मत गर्न सकिने खेत कुला तथा घरहरु मर्मत गराउने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले बाढीले भत्काएको छाब्दी खोलाको बुद्धसिं मार्ग जाने पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले व्यास नगरपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि, २०७८, व्यास नगरपालिकाको वजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि तथा २०७८, व्यास नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८ पारित गरेको छ ।

वडालाई ट्याक्टर
बैठकले व्यास नगरपालिकामा हाल खरिद गरिएको २ थान ठुलो ट्रयाकटरलाई धान उत्पादनको पकेट क्षेत्रलाई सहयोग पुग्नेगरी सम्बन्धीत वडाहरुले अनुगमन गर्ने गरी किसानहरुलाई हस्तान्तरण गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी