
दमौलीः लायन्स क्लब अफ तनहुँ भानुभक्तको अध्यक्षमा आलोक कुमाल चयन भएका छन् । सोमबार भएको पद हस्तान्तरण कार्यक्रममा क्लवको २०÷२१ का अध्यक्ष सिकन्दर गुरूङले २१÷२२ का अध्यक्ष आलोक कुमाललाई पद हस्तान्तरण गरेका हुन् ।
क्लबका प्रथम उपाध्यक्षमा किशोर श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अर्जुन पौडेल, तृतीय उपाध्यक्षमा सुनिल नेपाल, सचिवमा हर्षमान श्रेष्ठ, कोषाध्यक्षमा मलिन मल्ल, एडमिनिस्ट्रेटरमा बलभद्र श्रेष्ठ र टेलट्विस्टरमा किशोर खनाल चयन भएको क्लबका संस्थापक अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
सामाजिक सेवाको भावनामा प्रेरित लायन्स भानुभक्तले विभिन्न समयमा सामाजिक कामहरू गर्दै आइरहेको क्लबका पुर्व अध्यक्ष विष्णु पराजुलीले बताए ।
पद हस्तन्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष कपिल पाण्डे, कविराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यसअघि क्लबको नेतृत्व सुरेन्द्र पौडेल र विश्वेश्वर खनालले सम्हालिसकेका छन् ।