
दमौलीः गत शुक्रबार कलेस्ती खोला तर्ने क्रममा बेपत्ता व्यास ९ निवासी नरबहादुर बिष्ट अझै भेटिएका छैनन् ।
खोला तर्ने क्रममा बाढीले बगाए पछि लगत्तै खोजी कार्य जारी रहे पनि हालसम्म नभेटिएको भन्दै आफन्तले खोजीमा सघाइदिन सबैमा अपिल गरेका छन् ।
‘उहाँ बेपत्ता हुनुभएको छ,’ बुहारी श्रीमायाले भनिन्,‘खोजीमा सघाइदिन अनुरोध छ ।’
बिष्ट ८३ वर्षका थिए ।