व्यास र भानुका विकासे योजनाको जनप्रतिनिधिद्वारा अनुगमन

  • ख-
  • ख+

दमौलीः तनहुँका जनप्रतिनिधिले भानु र व्यास नगरपालिकाका विभिन्न विकासे योजनाको अनुगमन गरेका छन् ।

गण्डकी प्रदेशअन्र्तगतको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम २०७६ अन्तर्गत आर्थिक वर्ष २०७७÷२०७८ मा संचालित आयोजनाहरुको स्थलगत अनुगमनमा गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला समन्वय समितिका प्रवक्ता गल गुरुङ प्रदेश सभा सदस्य माननीय रामबहादुर गुरुङका स्वकीय सचिव सुर्यभक्त पौडेल, पूर्वाधार विकास कार्यालयका प्रशासकीय अधिकृत दधिराज पौडेललगायत उपस्थित थिए ।


टोलीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्र्तगत प्रदेश सभासद डोवाटे विक, रामबहादुर गुरुङ तथा सरिता गुरुङबाट विनियोजित रकमबाट काम भएका भानु ३ चाम्बासको कल्लेरी कृषि सडक, माहाडिङमा सम्पाली बौद्ध गुम्बा कम्पाउण्ड, भानु ७ टुहुरेपसलको रामप्रसाद स्मृति भवन, ग्रीन पार्क सामुदायिक भवन भानु १ भन्सार, निर्बु बाराही मन्दिर व्यास ११ निर्बुलगायतको अनुगमन गरेको थियो ।


विगतका तुलनामा कोरोनाको लक डाउन भए पनि यसपाली धेरै काम अघि बढेको पाइएको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले जानकारी दिए । तर केही विकासे योजना भने कोरोनाका कारण सम्पन्न हुन नसकेको पाइएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी