
दमौलीः पहिरोका कारण बासस्थान भत्किएका व्यास १२ छिर्कनका परिवारलाई विवेकशील साझा पार्टीले त्रिपाल र खाद्यान्न सहयोग गरेको छ ।
पहिरो र बाढीका कारण पाँच परिवारको वासस्थान भत्किएको थियो । छिमेकको घरमा बसेका उनीहरुलाई त्रिपाल र खाद्यसामग्री सहयोग गरिएको विवेकशील पार्टीका जिल्ला संयोजक सागर घिमिरेले बताए ।
पार्टी जिल्ला र व्यास नगर समितिबाट संयुक्त सहयोग गरिएको पार्टीका व्यास संयोजक सलमान अलीले जानकारी दिए ।