
दमौली : म्याग्देका चार जना सहित तनहुँमा पाँच नयाँ संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दे १ का २० र २९ वर्षका गरीदुई पुरुष, ६ की २५ वर्षीया महिला र म्याग्दे ४ का ३० वर्षका पुरुषमा संक्रमण देखिएको छ।
यता व्यासमा भने व्यास ४ का ४३ वर्षका पुरुष संक्रमित भेटिएका छन् । उनीहरू सबैमा कन्ट्याक्ट ट्रेसका क्रममा गरिएको परीक्षणमा संक्रमण भेटिएको बताइएको छ ।