ठगी र जालसाँजी मुद्दाका अभियुक्त पक्राउ

  • ख-
  • ख+

दमौलीःठगी मुद्दामा पाटन उच्च अदालतबाट सजाय फैसला भए पनि फरार व्यास ११ रानीगाउँ निवासी रामबहादुर बयलकोटी पक्राउ परेका छन् । उनीविरुद्ध उच्च अदालतले २०६० पुष ८ गते एक लाख ७५ हजार रुपैयाँ जरिवाना र दुई वर्ष दुई महिना कैद सजाय फैसला गरेको थियो ।


तर त्यसयता फरार बलकोटीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । उनलाई अदालत बुझाएकामा अदालतले जरिवाना संकलन गरेर कारागार चलान गरेको छ ।

यसैगरी, जालसाँजी मुद्दामा तनहुँ अदालतले गत २०७२ पुष ३० गते जरिवाना सजाय सुनाएकी व्यास ५ ठुलोटार निवासी अतिमाया कुमाललाई पनि प्रहरीले पक्रेको छ । उनीबाट पनि जरिवाना संकलन गरिएको अदालतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी