तनहुँ कोरोना अपडेटः ४६ जनाको परीक्षण, ५ संक्रमित, १ को मृत्यु

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा एक महिला र चार पुरुष छन् । यो ४६ जनाको पीसीआर तथा एन्टिजेन परीक्षणको नतिजा भएको निर्देशनालको तथ्यांकमा छ ।


संक्रमितमध्ये एक जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा शुक्ला ४ का ६० वर्षका वृद्ध छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी