
काठमाडौ : नेपाली काँग्रेस क्रियाशील सदस्यता छानवीन समितिले प्रदिप पौडेललाई प्रवक्ताकाे जिम्मेवारी दिएको छ ।
केन्द्रीय कृयाशिल सदस्यता छानवीन समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै पौडेललाई प्रवक्ता तोकिएको बताएको हो । छानबीन समितिको आधिकारीक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ता तोकिएको सचिव केशव रिजालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।