
दमौली: गण्डकी प्रदेशमा ३६ नयाँ कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार छ ।
लमजुङ्गका १७ जनामा नयाँ संक्रमण देखिएको छ । तीमध्ये १६ जना सुन्दरबजार स्थित सैनिक हुन् । उनीहरू कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा संक्रमित भेटिएका हुन् ।
कास्कीमा ६ जनामा संक्रमण देखिएको छ। एक महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी हुन् । अर्का ७० वर्षका वृद्ध मणिपाल अस्पतालमा उपचाररत छन् ।
चितवनमा उपचाररत भानुका एक संक्रमित
आइतबार भानु ४ का ५० वर्षका पुरुषमा संक्रमण भेटिएको छ । उनी चितवन मेडिकल कलेजमा परीक्षणका क्रममा संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ। नवलपरासीका ८ संक्रमित पनि त्यहीँ परीक्षणका क्रममा संक्रमित भेटिएका हुन् ।