रिमाल्नी– भुँडाटार सडकले जगाएको आशा

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिका वडा नं १ रिमाल्नीस्थित भुँडाटार ज्योति मार्गको काम स्थानीय स्थानीयको सहभागीतामा अगाडि बढेको छ ।

लामो समयदेखि बाटो निर्माणको प्रतिक्षामा रहेका उपभोक्ताहरू अहिले बाटो निर्माणले गति लिए पछि खुशी देखिएका छन् । औद्योगिक ग्राम जाने रिङरोडको रूपमा रहेको उक्त बाटोमा ८ सय ५० मिटर ग्रावेल गरिएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्र शाहीले बताए ।

कच्ची बाटोमा करिव ६० मिटर ढलान गरिएको र नाला निर्माण गरिएको अध्यक्ष शाहीले बताए । गाउँपालिकाको चार लाख सहयोग र उपभोक्ताको सहभागीतामा काम अगाडि बढेको शाहीले बताए । धेरै भन्दा धेरै स्थानीय समुदायको श्रम सहयोगमा काम भएको शाहीको भनाइ छ ।

मर्ज हुन लागेको विद्यालय नमूना बन्दै
विद्यार्थी अभावमा मर्जरको क्रममा रहेको स्थानीय ज्योति आधारभुत विद्यालय अहिले स्थानीयहरूकै सहयोगमा नमुना विद्यालय बन्ने अवस्थामा छ ।

नमुना विद्यालयमा पर्न लागेको गाउँपालिकाबाट जानकारी पाएपछि विद्यालय व्यवस्थापन समिति , शिक्षक , विद्यार्थी लगायत अभिभावकहरू खुशी भएको समिति अध्यक्ष महेन्द्र शाहीले बताए । कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा ५५ विद्यार्थी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी