भित्र्याउन लागेको खेतमा पानी पसे पछि…..

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे: निरन्तर आएको बर्षा सँगैको बाढी पहिरोले देशका धेरै जसो भागमा धनजनको क्षति गरायो । सडक भत्काउने देखि पुल बगाउने र किसानले लगाएको बालि नस्ट गर्ने सम्मका खबरहरू जताततै बाट आए ।

भित्र्याउने बेलाको खेतीमा बाढी पसेर नस्ट गरेपछि यतिखेर किसानहरू पीडामा छन् । यस्तै भएको छ म्याग्देका किसानमा पनि । म्याग्दे गाउँपालिका वडा नँ ४ का महेन्द्र राज राना पाकेको धान कहिले काट्ने होला भनेर दिन हेरिरहेका थिए । यस्तैमा निरन्तर झरि पर्याे ।


पानी रोकिएर घाम लाग्नासाथ धान काट्ने सोच बनाएका उनलाई घाम नलाग्दैको निरन्तरको बर्साले बाढी पसेर पाकेको धान नै बगाइदियो , काम नलाग्ने गरि नस्ट बनायो । बर्सभरिको खाने धान भित्र्याउनै नपाइ खेतबाटै बगाइदिएपछि उनको परिवार अहिले चिन्तित छ । बर्सभरि खाने धान हेर्दाहेर्दै कामै नलाग्ने गरि सत्यनास हुँदा निकै दुख लागेको राना बताउछन् ।

४ रोपनी आफ्नो र अन्य छिमेकीको २० रोपनि गरि २४ रोपनि जति क्षेत्रफलमा लगाइएको धान अहिले पुर्ण नस्ट भएको रानाले बताए । छविसे पुल भएको ठाउँ वरिपरिका खेतको सबै जसो धान काम नलाग्ने गरि नस्ट भएको अर्का किसान बलबहादुर आलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी