डुम्रे–बन्दीपुर सडकः अवरोध हट्यो, बिजुली नहुँदा सञ्चार सम्पर्क अवरुद्ध

  • ख-
  • ख+

बन्दीपुरः अविरल वर्षा पछि ठाउँ ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको डुम्रे–बन्दीपुर सडकको अवरोध हटेको छ । अहिले बन्दीपुर आवतजावत सहज बनेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।


सडक पुरै अवरुद्ध हुँदा बन्दीपुर आवतजावत रोकिएको थियो । केही आन्तरिक पर्यटक समेत जाममा फसेका थिए ।

अवरोध हटाउन डिभिजन सडक कार्यालयबाट गएको डोजरले काम गरेको बन्दीपुरका स्थानीय एवं कांग्रेस कोषाध्यक्ष रेशम गुरुङले बताए । ‘आवतजावत नै रोकिए पछि सडक डिभिजनसँग कुरा गरे पछि डोजरले काम थालेको हो,’ उनले भने ।


ठाउँ ठाउँमा पोल ढले पछि विद्युत अवरुद्ध
डुम्रे–बन्दीपुर सडकका विभिन्न ठाउँमा खसेको पहिरोका कारण तीन वटा पोल लडे पछि त्यस क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ ।

विद्युत अवरुद्ध हुँदा बाढी पहिरोले गरेको क्षतिको पूर्ण विवरण संकलन गर्न नसकिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । अहिले विद्युत प्राधिकरणले पोल मर्मत गरिरहेको छ । आजसम्ममा विद्युत आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।


विद्युत नहुँदा धेरैको सम्पर्क बिच्छेद भएको बन्दीपुरका युवा अरविन्द भट्टराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी