
मुग्लिङः नारायणगढ मुग्लिङ सडकखण्ड अन्र्तगत चार किलोमा राती खसेको पहिरो हटेको छ ।
निरन्तरको वर्षापछि राती १० बजेतिर पहिरो खसे पनि चार किलोको पहिरो भने हटाएर दुईतर्फी यातायात सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
सडक अन्र्तगत सेती दोभानमा भने एकतर्फी सञ्चालन भैरहेको र दुईतर्फी पहिरो हटाउन कार्य भईरहेको केही समयभित्र अवरोध हटाइने प्रहरीले जनाएको छ ।