अग्र्यानिक अनुसन्धानमा गोवद्र्धन शर्मा कोष

  • ख-
  • ख+

दमौली: गोवद्र्धन शर्मा स्मृति कोष कृषि अध्ययन अनुसन्धान कार्यक्रमको कृषि हल उद्घाटन गरिएको छ ।

कृषि हलका उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्वर्गीय गोवद्र्धन शर्माको राजनीतिक योगदानको चर्चा गर्दै उनका नाममा स्थापित अध्ययन अनुसन्धान केन्द्रले कृषि क्रान्तिलाई सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले कृषि अध्ययन अनुसन्धानलाई अग्र्यानिक अनुसन्धानको रुपमा विकास गर्ने कार्य समितिको लक्ष्यलाई आवश्यकता परेको खण्डमा व्यास नपाको साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।

कोषका प्रमुख सचिव रामचन्द्र पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले अग्र्यानिक खेतीका बारेमा प्रशिक्षण दिएकाथिए । केन्द्रले टनेल बनाई सिर्जनाजातको गोलभेडाँको उत्पादन केन्द्र बनाउने कार्य गर्न लागेको भन्दै कृषि ज्ञान केन्द्र आवश्यक सहयोगको लागि तयार रहेको बताएका थिए ।

कृषि हल उद्घाटन र प्रशिक्षण गरि दुई दिनसम्म चलेको कार्यक्रममा महिला सशक्तिकरण, पशुपालन र कृषि, महिलाआत्मनिर्भर र आय आर्जन,कोभिड सचेतना र सुरक्षाका बारेमा मूल्य शृङ्खलाका अधिकृत सुवास पौडेल, वडा प्राविधिक सपना पौडेल, सरिता बोटे, कमला गुरुङ लगायतले प्रशिक्षण दिएकाथिए ।


कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति खड्गबहादुर अधिकारी, वडाध्यक्षहरु निरबहादुर खड्का, तुलसीराम सापकोटा, सुरेश थापा, कृषि अध्ययन अनुसन्धान कार्यक्रमका सदस्य मिना पोखरेल, कोषका सदस्य रामशरण अधिकारी लगायतले बोलेकाथिए ।

कार्यक्रम कार्यन्वयन समितिका कार्यवाहक अध्यक्ष रामनाथ भट्टराई तथा सचिव खेमराज पोख्रेलले पनि कार्यक्रमबारे बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी