लागूऔषध दुव्र्यसन र साईबर क्राइमबारे युवा सचेतना

  • ख-
  • ख+

दमौलीः दमौलीका युवालाई लागू औषध दुव्र्यसन र साईबर क्राइमविरुद्ध अभिमुखीकरण गरिएको छ ।

जागौं युवा नेपालको आयोजनामा वडा नं २ को सहयोगमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष काशीराम श्रेष्ठले सहर क्षेत्रमा मात्रै नभएर गाउँ गाउँसम्म लागुऔषध ओसारपोसार तथा दुव्र्यसनको खतरा बढेकाले सचेतना कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यसलाई जिल्लाभर निरन्तरता दिन स्थानीय तहहरुको पनि सहयोगको आवाश्यक छ। सचेतना कार्यक्रमले जिल्लामा बढ्दो लागुऔषध दुव्र्यसन र साईवर क्राइमसँगै बालविवाहसमेत न्युनिकरण हुने नागरीक समाजको अपेक्षा छ ।’

जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी एवंम् प्रवक्ता युवराज तिमिल्सेनाले किशोर अवस्थादेखि नै युवाहरुले लागुऔषध सेवन गर्ने गरेको कारण विभिन्न जघन्य अपराधका घटनाहरु समेत हुने गरेको पाईएको बताए ।

उनले युवालाई दुव्र्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व भएको उल्लेख गरे । साथी भाईको लहलहै तथा अशिक्षा र बेरोजगारीका कारण लागुऔषध दुव्र्यसनमा फसेको उनले बताए ।


युवा अभियन्ता अपार पौडेलले पनि भुर्चअल मार्फत युवाहरुलाई प्रशिक्षण दिएका थिए । जागौं युवा नेपालका अध्यक्ष समुन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य राधिका परियार, सविन लामिछाने लगायत बोलका थिए । कार्यक्रममा ४० भन्दा युवायुवतीको उपस्थिती रहेको आयोजकको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी