तनहुँका सबै मुख्य सडक खुला

  • ख-
  • ख+

दमौलीः निरन्तरको वर्षापछि ठाउँ ठाउँमा अवरुद्ध बनेका तनहुँका सबै मुख्य सडक नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।


तीन दिनसम्म अवरुद्ध बनेको डुम्रे बेसिसहर सडकसँगै दमौली छिर्कने, खैरेनीटार भिमाद तथा भिमाद ऋषिङ सडक सबै सञ्चालनमा आएको प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले दमौली न्युजलाई जानकारी दिए ।


भानुको भन्सार, चामबास, रमाईलो डाँडा, तुरतुरे, पूर्कोट, पाउँदीलगायतका विभिन्न ठाउँमा गएको पहिरोका कारण बुधबारबाट अवरुद्ध सडक आंशिक खुलाइए पनि शनिबार पुनः अवरुद्ध भएको थियो । तर शनिबार मध्याह्नबाट यातायात नियमित बनेको डिएसपी तिमल्सेनाले बताए ।


तर पनि पाउँदी र तुरतुरे क्षेत्रमा अझै जोखिम रहेको छ । पानी बगिरहने र पानी समेत परिरहेका कारण यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

श्रृंगपथमा नियमित यातायात
ठाउँ ठाउँमा पहिरो खसेको ऋंगपथको यातायातमा सुधार आएको छ । भीमाद, घिरिङ तथा ऋषिङले आ आफ्नो भागमा परेका सडकको मर्मत गरेकाले हिलो भए पनि आवतजावत भने भैरहेको छ ।

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यातायात नियमित भैरहेको बताए । ‘अवरुद्ध हुनासाथ हामीले समन्वय गरेर आ आफ्नो क्षेत्रमा काम थालेका हौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी