‘कांग्रेसका महिला नेतृत्व लिन तयार हुनुस् ‘

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगैतनहुँमापनिचुनावीचर्चा परिचर्चा हुन थालेको छ ।

विभिन्न पदमा पुग्नका लागि आकांक्षीहरु बढ्दै जाँदा महिला नेतृत्व विकासका लागि नेपाल महिला संघ तनहुँले शनिबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । प्रशिक्षणमा नेपाली कांग्रेसको विधानका बारेमा नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले प्रष्ट्याएका थिए ।

उनले कांग्रेसको संशोधित विधानका आधारमा विगतका तुलनामा धेरै पद महिलाका लागि सुरक्षित रहेको भन्दै टोल, वडा,गाउँपालिका, नगरपालिका, प्रदेश कार्य समिति, क्षेत्रीय कार्य समिति देखि जिल्ला हुँदै प्रदेश समिति र केन्द्रका विभिन्न पदमा महिलाको प्रतिनिधित्वका बारेमा जानकारी गराएका थिए ।

सहभागीहरुलाई नेतृत्वका सीपहरुको विकासमा सभापति न्यौपानेले सुझाएका थिए । नेपाल महिला संघ तनहुँकी सभापति पवित्रा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रववाग्ले, नेपाली कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आले, सचिव विश्व बाँस्तोला, सह सचिव केशवहादुर सुनार, महासमिति सदस्य मिरा जोशी, महाधिवेशन प्रतिनिधि सरिता गुरुङ लगायतले आफुलाई योग्यपदका लागि तयार रहन आग्रह गरे ।


सौहार्द वातावरणमा महाधिवेशन सफलपार्ने जिम्मा सबैको भएको उनीहरुले बताए । पदका लागि तँछाडमछाड भन्दा पनि सबैले कामको जिम्मा लिऔं भन्ने भावनाको विकासले पार्टीको गरिमालाई उचाँे बनाउने उनीहरुको भनाइ रहेको सचिव कल्पना पोख्रेलले जानकारी दिइन् ।

कार्यक्रममा पहिरोमा परेकालाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामनाका साथ प्रभावितको उद्धारका लागि ध्यानाकर्षण गराउने पनि निर्णय भएको सभापति पौडेलले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी