बाढी पहिरोले केशवटार सडक कैयौं ठाउँमा अवरुद्ध, कुलुङ खानेपानी आयोजना पुरै क्षतिग्रस्त हुँदा पानी अभाव

  • ख-
  • ख+

दमौलीः अत्यधिक वर्षाका कारण बाढी पहिरो आउँदा व्यास १४ केशवटारमा कैयौं घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो खस्दा गुँदीबाट केशवटार जाने सडकको १२ ठाउँमा अवरोध आएको वडाध्यक्ष काजिमान श्रेष्ठले दमौली न्यूजलाई बताए । ‘धेरै ठाउँमा क्षति पुगेको छ,’ उनले भने,‘पहिरो हटाउन समय लाग्न सक्छ ।’


कुलुङमा पानी अभाव
व्यास १४ कुलृुङ र आसपासमा खानेपानी वितरण गरिरहेको कुलुङ लिफ्ट खानेपानीमा बाढी तथा पहिरोले व्यापक क्षति पु¥याउँदा स्थानीय पीउने पानीको अभाव भोगिरहेका छन् ।

बाढीले लिफ्ट गर्ने पाईप फासरदी खोलामा पु¥याएको र मोटर समेत जलेको र विद्युत आपूर्ति गर्ने पोल नै नभेटिएको अध्यक्ष श्रेष्ठले बताए । ‘४० लाख बढीको क्षति पुगेको छ,’ उनले भने,‘मर्मतका लागि काम थाल्नुपर्ने देखिएको छ ।’


खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सो आयोजना निर्माण गरेको थियो । सानो बजेटले मर्मत नहुने भन्दै उनले सहयोगको अपेक्षा गरेका छन् ।


स्थानीय दीपक सारुले वर्षाको समयमा धमिलो पानी पिउन परेको भन्दै स्थानीयको स्वास्थ्य जोखिममा परेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी