चितुवाको आक्रमणबाट बन्दीपुुर डेप्चेका बालक घाइते

  • ख-
  • ख+

दमौलीः तनहुँमा फेरि चितुवाको आक्रमण श्रृंखला शुरु भएको छ । व्यास नगर तथा आसपासका क्षेत्रमा समेत यस्ता आक्रमणका घटना दोहोरिइरहेका छन् ।

यस्तैमा शुक्रबार साँझ बन्दीपुुर गाउँपालिका–२ मा एक बालक घाइते भएका छन् । घरबाट छिमेक जाँदै गरेका डेप्चेडाँडा निवासी लक्ष्मण नेपालीका नौ वर्षका छोरा उज्वल नेपालीलाई चितुवाले ढाडमा आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट बालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युुवराज तिमिल्सेनाले जानकारी दिए । घाइते नेपालीको बन्दिपुर अस्पतालमा उपचार भैरहेको छ ।

डिभिजन वन प्रमुख कोमलराज काफ्लेले चितुवाका आक्रमण भैरहेकाले साँझपख बालबालिकालाई एक्लै नछाड्न र घर वरपर उज्यालो रा ख्न साथै थप सतर्कता अपनाउन सुझाव दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी