लायन्स तनहुँ सत्यवतीमा बिमला, लियोमा बिनिता

  • ख-
  • ख+

दमौलीः दमौलीका महिलाहरुको क्लब लायन्स क्लब अफ तनहुँ सत्यवतीको अध्यक्षका रुपमा बिमला श्रेष्ठले कार्यभार सम्हालेकी छन् । बिहिबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठको नेतृत्वले कार्यकाल आरम्भ गरेको हो ।


क्लबका प्रथम उपाध्यक्ष जमुना श्रेष्ठ, द्वितिय उपाध्यक्ष रामशोभा श्रेष्ठ तथा तृतीय उपाध्यक्ष पबित्रा खनाल चयन भएकी छन् ।


यसैगरी, सचिवमा सीता वैद्य तथा कोषाध्यक्ष ईन्द्रकुमारी श्रेष्ठलगायत चयन भएका छन् ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गर्भनर अशोककुमार श्रेष्ठ प्रमुख अतिथि र डिर्पाटमेन्ट चिफ राजकुमार श्रेष्ठ तथा डिपुटी डिपार्टमेन्ट चिफ तथा पूर्व अध्यक्ष सुशिला शर्मा अतिथि रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष शान्ति दरैले श्रेष्ठलाई कार्यभार हस्तान्तरण गरिन् ।


लियोमा विनिता
यसैगरी, लियो क्लब अफ तनहुँ सत्यवतीमा बिनिता ढुंगानाले पनि सोही अवसरमा नेतृत्व सम्हालेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी