बाढीपीडित दुरा परिवारलाई सलिमको सहयोग

  • ख-
  • ख+

दमौलीः बाढीपीडित व्यास –६ शिशाघाट निवासी लक्ष्मण दुरालाई व्यास २ निवासी युवा व्यवसायी सलिम मियाँले खाद्यान्न सहयोग गरेका छन् ।


नेपाल रेडक्रस सोसाइटी तनहुँका तर्फबाट स्थानीय सुदिप नागिला(अजर)को आग्रहपछि तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका सदस्य मियाँले लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेका हुन् ।


मियाँले घरमै लगरेर बाल्टी –१थान ,दिउची–३थान, ग्लास –२,वटुको–२,डाडु–२,पनिउ –१,तन्ना–१थान,लगाउने साडी–१थान,चप्पल –१थान,कम्मल –२ थान,त्रिपाल–१ थान, कपडा ३ सेट थानको खाद्यवस्तु चामल १ बोरा लगायत अन्य अत्यावश्यक सामग्री सहयोग गरेको एकाई सदस्य सुनिल श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्