‘छाब्दीखोलामा एक साताभित्र बेलिब्रिज’

  • ख-
  • ख+

दमौलीः व्यास १ र १३ जोड्ने छाब्दी खोलामा एक साताभित्र बेलिब्रिज ल्याउन आफूले पहल गरेको तनहुँ क्षेत्र नम्बर १ का विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले दावी गरेका छन् ।


आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर यसबारे लबिङ गरेको र पुल प्रयोगका लागि अनुमति पाएको श्रेष्ठले बताए । अबको एक साताभित्र तुरतुरे र पालुङटार जोड्ने मस्र्याङदी नदीमा राखिएको बेलिब्रिज आईपुग्ने दाबी गर्दै उनले यसका लागि लाग्ने २० लाख रुपैयाँ विपद् व्यवस्थापन प्राधिकरणले सेनामार्फत खर्च गर्ने बताए ।


पुल खोलाले बगाए पछि दुई वडाका अलावा दक्षिणपूर्वी क्षेत्रको लाईफलाईन रोकिंदा दुवै क्षेत्रका सैयौं बासिन्दा प्रभावित भएका छन् । वैकल्पिक व्यवस्थाका लागि नागरिकस्तरमा माग भएको थियो ।


नगरपालिकाले खोलाको धार फर्काउन थाल्यो
खोला बस्तितर्फ जान लागेपछि हुने क्षति रोक्न भन्दै व्यास नगरपालिकाले डोजर लगाएर धार पुरानैतर्फ फर्काएको छ । वडा सदस्य चुडामणि दाहालका अनुसार वैकल्पिक यातायातका लागि नगरपालिकाले पनि थप पहल गर्दैछ ।


गण्डकी प्रदेश सरकारका अधिकारीहरुले पनि घटनास्थलको निरीक्षण गरेर आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी