व्यासको सार्वजनिक सुनुवाईमा बाढी पहिरोका कुरा

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को तेस्रो चौमासिक अन्तरगतको सार्वजनिक सुनुवाइ कार्यक्रम व्यास ७ कलेस्तीमा सम्पन्न गरेको छ ।


स्वास्थ्यका मापदण्ड अपनाउँदै स्थानीय नगरपालिकाले यस बर्षको ३ वटै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । करिब एक सय सेवाग्राही नागरिकको उपस्थिती रहेको कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरवासीका जिज्ञासा, गुनासो तथा मागहरूलाई सम्वोधन गर्दै सवालका जवाफ दिएका थिए ।


नागरिकले नयाँ विकास बजेट योजनाबारे चासो राख्नुका साथै बाढी पहिरोका कारण भएको क्षति र राहतबारे जिज्ञासा राखेका थिए । नगर प्रमुख न्यौपानेले आवश्यक राहत र भत्किएका ठाउँमा मर्मत र पुननिर्माणमा नगरको प्रतिवद्धता सुनाए ।


जिज्ञासाको नगर प्रमुख न्यौपानेसहित नगर उप प्रमुख मिरा जोशी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले पनि जिज्ञासा समाधान गरेका थिए ।
शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी ,स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती वडा न ७, ९, १० नम्बर वडाका वडाअध्यक्ष हरूलाई नगरवासीले विषयगत सवाल गर्दै सेवा प्रदायक संस्था नगरपालिकालाई सेवाग्राहीका माग र आवश्यकताका आधारमा प्रश्न राखेका थिए।


कार्यक्रममा वडा नम्बर ८को प्रतिनिधित्व गर्दै वडा सदस्य चन्द्रमाया परिवारले जनताका गुनासो सम्वोधन गरेकी थिइन् ।

जिल्लाका महिला पत्रकारहरूकोसाझा फोरम तथा संस्था महिला सशक्तीकरण सञ्चार समाज तनहुँले कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन गरेको अध्यक्ष प्रकृति खनालले जानकारी दिइन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष विमला दवाडी तथा सदस्य मनु सापकोटाले पनि बोलेका थिए ।

नगर क्षेत्रका वडा न ६, ७, ८ तथा १० का नागरिकहरूलाई आधार मानी वडा ७ को वडा कार्यालय कलेस्तीमा कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी