हालसम्म परीक्षण ७,११९, नेगेटिभ ६,३५७

  • ख-
  • ख+

दमौलीः कोरोनाको संक्रमण देखिएयता तनहुँमा हालसम्म सात हजार ११९ पीसीआर नमूना संकलन गरेर परीक्षण गरिएको छ । शनिबार दिउँसोसम्मको तथ्यांकअनुसार तीमध्ये ५ हजार ३५७ नमूना भने नेगेटिभ भेटिएको छ । यस आधारमा तनहुँमा हालसम्म तीन सय ३० जनामा संक्रमण भेटिएको छ । तर तीमध्ये एक सय एक जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय तनहुँबाट सार्वजनिक शनिबारसम्मको आंकडाले तनहुँका चार सय ३४ को नतिजा आउन बाँकी रहेको देखाएको छ ।

भानु ग्राफमा अगाडि
हालसम्मको तथ्यांकले जिल्लामा सबैभन्दा धेरै संक्रमण भानुमा देखाएको छ । भानुमा हालसम्म ८१ जना संक्रमित भैसकेका छन् । समुदायस्तरमा संक्रमण देखिएपछि बन्दाबन्दीका बीच त्यहाँ संक्रमितको सम्पर्कमा आएकाको खोजी र परीक्षण कार्य अझै जारी छ ।

भानु नगरपालिका


दोश्रोमा व्यास,ऋषिङ नजिकै
व्यास नगरपालिका संक्रमित अधिक भेटिने दोश्रो तह बनेको छ । व्यासमा हालसम्म ५१ जनामा संक्रमण भेटिएको छ । व्यासपछि नजिकै रहेको ऋषिङमा ४८ जनामा हालसम्म संक्रमण भेटिएको छ ।
आँबुखैरेनी पुछारमा
सबैभन्दा कम संक्रमण देखिनेमा आँबुखैरेनी छ । गाउँपालिकामा हालसम्म १३ जनामा संक्रमण भेटिएको छ । देवघाट गाउँपालिकामा हालसम्म १४ जनामा संक्रमण भेटिएको छ । कम संक्रमित भेटिएको अर्को तह भीमादमा १८ जनामा कुल संक्रमण भेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्