डुम्रे बेसीसहर सडक आज नखुल्ने

  • ख-
  • ख+

दमौलीः ठाउँ ठाउँमा पहिरो खसे पछि तनहुँ र लमजुङ जोड्ने डुम्रे बेसिसहर सडकखण्ड खुलाउन सकिएको छैन ।


भन्सारसहित ठाउँ ठाउँमा पहिरो खसेका कारण खवरोध खुलाउन नसकिएको निमित्त प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘दिनभर प्रयास भए पनि पुरै अवरोध खुलाउन सकिएन,’ उनले भने,‘भोलीसम्ममा खुलाउने प्रयास भैरहेको छ ।’


धेरै ठाउँमा पहिरो खसेको र ठूलो ढिस्को समेत भएका कारण शुक्रबारसम्म अवरोध हटाउने तयारी गरिएको उनले बताए । पहिरो हटाउन सडक डिभिजनको डोजर परिचालन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी