
दमौलीः लायन्स क्लब अफ तनहुँ म्याग्देको अध्यक्षका रुपमा सुरेन्द्र अधिकारीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमका बीच संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठले क्लष्टर चिफ सन्तोष घिमिरेको प्रमुख आतिथ्यमा वर्ष २०२१÷२२ का लागि सुरेन्द्र अधिकारीलाई कार्यभार हस्तान्तरण गरे ।
घिमिरेले डिष्ट्रिक्ट गर्भनर लायन विशेश्वर आचार्यको योजनाका आधारमा लायन्स मोडल भिलेज तथा वेलफेयर बैँक कार्यक्रम सञ्चालन गर्न स्ुझाव दिए ।
वर्ष २०२०÷२१ को कार्यकाललाई सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नुक्त भुजेललाई क्लबले सम्मान ग¥यो । नवनिर्वाचित अध्यक्ष अधिकारीले अबका दिनमा विगतमा भन्दा सशक्त काम गर्ने प्रतिबद्धता जनाए ।
प्रथम उपाध्यक्ष सुन्दरमणि अधिकारीले क्लबलाई सशक्त बनाउन युवाको साथ लिने बताए ।
डिष्ट्रिक्ट कमिटी चियर पर्सनमा पदोन्नति भएका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठले नवगठित कार्य समितिलाई सहयोग गर्ने प्रतिवद्धता गर्दै धन्यवाद ज्ञापन गरेको निवर्तमान सचिव पशुपति अर्यालले जानकारी दिए ।